काठमाडौं। नेपाल प्रिमियर लिगको सहभागी टोली मध्यको एक लुम्बिनी लायन्स क्लबले आफ्नो लोगो सार्वजनिक गरेको छ । क्लबले आज आफ्नो सामाजिक सञ्जाल मार्फत उक्त लोगो सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको नयाँ लोगोमा साहसी सिंहलाई प्रस्तुत गरिएको छ जसले टिमको शक्ति, साहस र लिगमा वर्चस्व कायम गर्ने दृढतालाई प्रस्तुत गरेको टिमको भनाई छ । लुम्बिनी लायन्सको सारलाई समेट्न डिजाइन गरिएको यस लोगोले क्लबले एकता र दृढताको भावना झल्काउँछ ।
Know More: Click Here