चर्चित अस्ट्रेलियन अलराउन्डर बेन कटिङ नेपाल आइपुगेका छन् । कटिङले नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सबाट खेल्नेछन्।
बलियो ब्याटिङ र प्रभावकारी मिडियम पेस बलिङका लागि परिचित कटिङको अन्तर्राष्ट्रिय अनुभव र बहुमुखी क्षमताले लुम्बिनी लायन्सको टिमलाई झनै बलियो बनाउने अपेक्षा गरिएको छ ।
कटिङले आफ्नो करियरमा विश्वभरका टी-२० लिगहरूमा महत्वपूर्ण भूमिका खेलेका छन् । उनले इन्डियन प्रिमियर लिग (आईपीएल), बिग ब्यास लिग (बीबीएल), पाकिस्तान सुपर लिग (पीएसएल) र क्यारिबियन प्रिमियर लिग (सीपीएल) जस्ता ठूला फ्रेन्वाइजहरूमा सहभागी भएका छन् ।
विशेषगरी सन् २०१६ को आईपीएल फाइनलमा सनराइजर्स हैदराबादलाई उपाधि जिताउन उनले देखाएको उत्कृष्ट प्रदर्शन क्रिकेटप्रेमीहरुमाझ अहिलेसम्म पनि ताजा छ। लामो छक्का हान्ने क्षमता र चुनौती पूर्ण अवस्थामा पनि बलिङ गर्न सक्ने उनको खुबीले उनलाई कुनै पनि टी- २० टिमको लागि एउटा अमूल्य खेलाडी बनाएको छ ।
Know More: Click here