एनपीएल २०२४ मा लुम्बिनी लायन्सलाई प्रायोजन गरी सफलता पाएको फर्चुना हेल्थकेयर प्रा.लिले नेपालमा खेलकुदको विकास र महिला सशक्तीकरणलाई प्रोत्साहन गर्न अर्को कदम चालेको हो ।
यस वर्ष फर्चुना हेल्थकेयर प्रा. लि.ले अखिल नेपाल कबड्डी संघद्वारा आयोजित २०औं राष्ट्रिय महिला कबड्डी च्याम्पियनसिपको आधिकारिक प्रायोजक बन्न पाउँदा गर्व महसुस गरेको जनाएको छ ।
यस प्रायोजनमार्फत कम्पनीले नेपाली महिला खेलाडीहरूलाई अझ प्रेरित गर्ने, खेलकुदमा लैंगिक समानता बढाउने र नेपालमा कबड्डी खेलको विकासमा योगदान दिने लक्ष्य राखेको छ।
Know More: Click Here